सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह — OSNepal

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

LC (KTM) July 06, 2024 0

इनरुवा (सुनसरी), २२ असारः वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ । आज बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक, दिउँसो १ बजे दुई लाख ४४ हजार क्युसेक र साँझ ५ बजे दुई लाख ८२ हजार छ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर