गाजुलको सफलतापछि गायक केदार बरुवाल क्षेत्रीले ल्याए टाढा टाढाको भिडियो — OSNepal

गाजुलको सफलतापछि गायक केदार बरुवाल क्षेत्रीले ल्याए टाढा टाढाको भिडियो

admin July 06, 2024 0

काठमाडौँ । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको टाढा टाढा बोलको गीतको भिडियो रिलिज गरिएको छ । हाल अष्ट्रेलियामा बस्दै आएका गायक बरुवालकै शब्द शृजना रहेको ढाढा टाढामा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ । कहिल्यै नछुट्टीने वाचा कसम खाएको प्रेमील जोडीको यो रोमान्टिक प्रेम कथालाई निर्देशक केशवराज भट्टले निर्देशन गरेका हुन् । जहाँ सुन्दरी मोडल शोफी धरेल र ह्याण्डसम मोडल प्रभात पल ठकुरी गज्जबसँग खुलेका छन् ।

कहिल्यै नछुट्टीने कसम खाएको यो जोडी एकाएक छुट्टीनु पर्दाको वियोगान्त गाथालाई साडे ७ मिनेटको भिडियोमा फिल्मी शैलीमा देखाइएको छ । कुनै एक रोमान्टिक फिल्मको प्रेम कहानी हेरेको जस्तै महशुस हुने टाढाटाढा हिमाल पारीको जिल्ला मुस्तागंका रमणीय दृश्यहरुका कारण झनै विशेष बनेको बताउँछन् गायक तथा संगीतकार बरुवाल । जुन गीतलाई गीतकार समेत रहेका बरुवालले कोरोना महामारिको समयमा क्वारेन्टाइनमा बस्दा सृजना गरेका हुन् । उनले नेपालबाट अष्ट्रेलिया फर्किए लगत्तै क्वारेन्टाइन बस्ने क्रममा सिर्जना गरेका थिए । जुन अहिले आएर भिडियोका रुपमा तपाई हम्रा सामु छ ।

रमन बज्राचार्यको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहाल गरेका हुन् भने सम्पादन दिलशन शाहले गरेका हुन् । भिडियो गायक बरुवालकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्रीबाट रिलिज गरिएको हो । गायक क्षेत्रीले यसअघि गाजलु, जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, आँखैमा गाजल लगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् । हेर्नुहोस् प्रेम, रोमान्स र विरहले भरिको यो मर्मस्पर्शी गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर