अर्घाखाँची १७ साउन । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पिडितको बुबालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाणेनी गाउँपालिका ८ बस्ने ४८ वर्षीय पुरुष रहेका छन् । निजलाई हिजो शनिबार प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घर नजिकै जंगलमा घाँस काट्न गएकी छोरीलाई जंगलमै जवरजस्ती करणी गरेको सुचनाको आधारमा प्रहरीले निजलाई पक्राउ गरेको खुलाएको छ ।
यस विषयमा प्ररहीले थप अनुशधान अगाडी बढाएको छ ।