काठमाडौं उपत्यकावासीका लागि अत्यतै दु:खद खबर, जे नहुनु थियो त्यहि भैदियो — OSNepal

काठमाडौं उपत्यकावासीका लागि अत्यतै दु:खद खबर, जे नहुनु थियो त्यहि भैदियो

LC (KTM) August 01, 2021 0

३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत। एक रातमै आएको बाढीले चक्नाचुर। मेलम्ची आयोजना फेरि अन्योलमा। ‘सपनाजस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झ’र्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको महसुस गरे। तर, त्यो खुसी धेरै दिन टिकेन। मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षतविक्षत बनाएको छ। वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो। तापनि, यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’तर्फ ध्यान नपुगेको यसले देखाउँछ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बाटोको नामनिसाना छैन। बाटो नहुँदा मुख्य संरचनासम्म न कामदार पुग्न सकेका छन् न त तत्काल डोजर पुग्ने अवस्था नै छ। बाढीले क्षति पुर्‍याएको दुई साता बित्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन।

असार १ देखि ४ गतेसम्म भएको अविरल वर्षाले आयोजनामा नराम्ररी क्ष’ति पुगेको हो। परियोजनाको सुरुवात बिन्दु, बाँध, अडिट सुरुङ, हेडवर्क्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचना क्ष’तिग्र’स्त भएका छन्। मुख्य सुरुङमा क्षति नपुगेको होला भन्नेमा आयोजनाका कर्मचारीमा झिनो आशा छ। मुख्य सुरुङ बाढीले पुरिएको छ।

आयोजनाले ६० दिनमा सुरुङ खाली गरी निरीक्षण गर्ने र पुनः काठमाडौंमा पानी पठाउने योजना बनाइरहेका बेला बाढीले वि’तण्डा म’च्चायो। राष्ट्रपतिले गत चैत २० गत उद्घाटन गरे पनि भदौ दोस्रो साताभित्र काठमाडौंवासीलाई दीर्घकालीन रुपमै पानी पिलाउने लक्ष्य आयोजनाले लिएको थियो।

मेलम्ची बजारबाट हेडवर्क्स (मुख्य बाँध) भएको अम्बाथानसम्म २२ किलोमिटर सडक प्रवेशमार्गका रूपमा छ। प्रवेशमार्गको चनौटेसम्म आंशिक क्ष’ति पुगेको छ। चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्व’स्त छन्। यस्तै, मुख्य संरचना हेडवर्क्स र वरपरका संरचना बाढीले बगाएर ल्याएको नदीजन्य पदार्थले पुरिएका छन्। नदीको सतहमा २ किलोमिटरसम्म ढुंगा, गिट्टी, बालुवा जम्मा भएका छन्।

आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पहिले बाटो बनाउने अनि थुप्रिएका फोहोर हटाउने आयोजनाको तयारी छ। मुख्य संरचना भएको अम्बाथानसम्म डोजर पुर्‍याउन बाटो आवश्यक छ।बाटोको स्थायी संरचना बनाउन धेरै समय लाग्ने भएकाले वर्षायाम सकिएपछि अस्थायी रूपमा नयाँ बाटो बनाउने तयारी आयोजनाको छ। वर्षा भइरहेकाले मेलम्चीमा पानीको बहाव पनि धेरै छ। पानी धमिलो भएकाले यो समयमा योजना बनाउने र वर्षापछि पुनर्निर्माण सुरु हुने उनी बताउँछन्।

प्रवेशमार्गमा ५ वटा पुल रहेकोमा रातो पुलबाहेक सबै बगाएको छ। साथै, हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकोतेको पुल लगायत तिम्बुपुल, फट्टेपुल, मेलम्चीपुल बाढीले बगाएको छ। बाढीपछिको पुनर्निर्माणमा १ अर्ब ८८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आयोजना स्थलसम्म जान सक्ने अवस्था नभएकाले खर्च गर्नुपर्ने बजेट पनि अनुमानित नै हो। एसियाली विकास बैंकको मुख्य ऋणमा नेपाल सरकारको समेत लगानीमा मेलम्ची आयोजना सम्पन्न भएको थियो। क्ष’तिपछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालयसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ। झण्डै २७ किलोमिटर लामो सुरुङमार्फत मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याइएको थियो।

बाढीले ध्वस्त नै भएको प्रवेशमार्ग अन्तर्गतको पुल र सडकको स्थायी संरचना बनाउन १ अर्ब रुपैयाँभन्दा बढी लाग्छ। तर, स्थायी संरचना बनाउन वर्षौं लाग्ने भएकाले अहिलेलाई अस्थायी संरचना बनाएर हेडवर्क्ससम्म पुग्ने वैकल्पिक बाटो बनाउने तयारीमा आयोजना छ। अस्थायी संरचना बनाउन १० करोड रुपैयाँ लाग्ने अनुमान छ । ८ किलोमिटर अस्थायी सडक बनाउने, सम्याउने र पन्छाउने काम गर्न हेलम्बु गाउँपालिकालगायत स्थानीय सरकारसँगको सहकार्यमा काम अगाडि बढाइने भएको छ। अहिलेलाई अस्थायी संरचना बनाएर सडकको ट्र्याक खुलाउन ५ करोड र पुलको विकल्पमा हिमपाइप तथा ग्याबिन राखेर डोजर तार्नका लागि १ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान छ। अन्नपूर्ण पोष्टमा यो खबर छ ।

यो पनि : मेलम्चीमा पुनः पहिलेको जस्तै भिषण बाढी, रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो

शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।

शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढालेर बगाए । तस्वीर ः देवराज सुवेदी
बाढी चनौटै, ग्याल्थुङ बजारमा बगिरहेको छ। ‘असार १ गतेजस्तै बाढी आइरहेको छ, बाढीले के कति क्षति गरिरहेको छ भन्ने आउन बाँकी छ,’सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले भने। सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बाढी चनौटे बजारको बीच भागबाट बगिरहेको छ। तर, त्यहाँका जनतालाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति भने भएको छैन।

‘पहिले जुन ठाउँबाट बाढी आएको थियो। मुहानबाट फेरि आक्समिक रुपमा बाढी आएको छ। बाढी आएपछि सर्वसाधारणलाई जानकारी दिइएको छ, मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन,’ अधिकारीले भने।

यस्तै रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए । खोलाबाट असार १ जत्तिकै आवाजमा आएको उनले बताए ।

यसअघि क्षति पुर्‍याएका सबै स्थानमा शनिबारको बाढीले थप क्षति पुर्‍याएको छ। बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्क लगायत क्षेत्रमा पसेको छ। ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर