वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते — OSNepal

वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते

LC (KTM) August 01, 2021 0

काठमाडौं- वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको बताइएको छ । झडपमा ४ जना घाइते भएका छन् ।अस्पतालको प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको बताइएको छ ।

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा। गौतमलाई प्रमुख नियुक्त गरेपछि अस्पतालको सेवामा सुधार हुनुको सट्टा आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका छन् ।उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर