१० जना सवार डुंगा कर्णाली नदीमा पल्टियो — OSNepal

१० जना सवार डुंगा कर्णाली नदीमा पल्टियो

LC (KTM) August 01, 2021 0

कैलाली १७ साउन । कर्णाली नदीमा आज १० जना सवार डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका हुन् । वेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ ।

पाँच जनाले भने पौडी खेलेर आफ्नो ज्यान बचाएका हुन् । अन्य दुई जना भने घाइते भएको जनाइएको छ । घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेको प्रहरीले जनाएको छ ।

बच्चालाई खोप लगाउन काठको डुंगामा सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्यचौकी गर्दा डुंगा पल्टिएको हो । कैलाली प्रहरीले जनाए अनुसार अहिले वेपत्ताको खोजी कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर