थम्मन थापा – गलकोट समाज पोखराको आयोजनामा गण्डकी प्रदेश सरकारका नव नियुक्त भुमि व्यवस्था,कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरले कृषिमा आधुनिकीकरण गरि कृषकको आर्थिक समृद्धिमा जोडने खालका निती तथा कार्यक्रम ल्याउने बताउनु भएको छ ।
समय सापेक्ष कषिमा क्रान्ती आवश्यक रहेको भन्दै त्यसको लागि गण्डकी प्रदेश सरकारले आवश्यक गृहकार्य गर्ने मन्त्री बुढाको भनाई छ त्यस्तै भुमी व्यवस्था र सहकारी लाई पनि व्यवस्थित गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिईने उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा भुमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगर र गण्डकी प्रदेश स्वास्थ्य तथा आर्पुती निर्देशक खिमबहादुर खडकालाई सम्मान गरिएको थियो ।
अमरसिंह चोक स्थित लेकाली चुलो हलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, गलकोट समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, संस्थाका संस्थापक सल्लाकार मोहनचन्द राजन, गलकोट समाज बागलुङका अध्यक्ष राज बहादुर थापा, पुर्व अध्यक्ष तथा सल्लाहकार हिरा खत्री, गलकोट समाज जापानका प्रतिनिधी शिवु थापा सल्लाहकारहरु बमबहादुर छन्त्याल र सल्लाहाकार पुर्ण खत्रीको आतिथ्यता रहेको थियो । कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष खडक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कृष्ण बहादुर खत्रीको स्वागत र कोषाध्यक्ष खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।