भोली सोमबार बाट एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप उपत्यकाका यी स्थानमा लगाइँदै — OSNepal

भोली सोमबार बाट एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप उपत्यकाका यी स्थानमा लगाइँदै

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । भोली सोमबारबाट अमेरिकन कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप ललितपुर महानगरपालिकाले लगाउने भएको छ ।

आज सम्म चिनिया खोप लगाएको ललितपुर नगरपालिकाले भोलीबाट एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले दिएको जानकारी अनुसार यो खोप महानगरका बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारीले तथा महानगरपालिका भित्र चल्ने सार्वजनिक बस, माइक्रोबस र टेम्पोका चालक र सह–चालकले लगाउन पाउने भएका छन् ।

खोप लगाउनको लागि महानगरले पाटनढोका स्थित पाटन मावि, जावलाखेल चोकको फुटबल मैदान र सातदोबाटोमा रहेको महेन्द्र आर्दश माविमा खोप केन्द्र तोकिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर