एकै घरका तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएपछि त्रियुगा नगरपालिका वडा नम्बर २ सिल — OSNepal

एकै घरका तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएपछि त्रियुगा नगरपालिका वडा नम्बर २ सिल

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । एकै घरका तीन जनाको कोरोना भाइरसले ज्यान गएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।

दुई साताको अन्तरालमा एकै परिवारका बुवा, छोरा र बुहारीको कोरोना संक्रमणबाट ज्यान गए पछि त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको हो ।

वडा अध्यक्ष खत्रीले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारीको अनुमतिमा स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडा सिल गर्ने निणर्य भएको हो ।

ज्यान गुमाउने परिवारकाअन्य सदस्यमा पनि कोरोना संक्रमण रहेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर