भिरमा गएको पहिरोे हटाएसँगै अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा — OSNepal

भिरमा गएको पहिरोे हटाएसँगै अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

LC (KTM) June 20, 2024 0

लमजुङ, ६ असारः पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताउनुभयो । यहाँ पहिरो रोकथामका लागि सङ्घीय सरकारको रु १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

पैसठ्ठी किलोमिटर रहेको यस सडकमा साना–ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ । मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर