सीसीएमसीको बैठकको निष्कर्ष : महामारी विरुद्ध लड्न संक्रामक रोग '२०२०' को कानुनी संरचना अपुग — OSNepal

सीसीएमसीको बैठकको निष्कर्ष : महामारी विरुद्ध लड्न संक्रामक रोग ‘२०२०’ को कानुनी संरचना अपुग

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । सिंहदरवारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले कोरोना महामारी विरुद्ध लड्न संक्रामक रोग २०२० पर्याप्त नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी ओली समेत सहभागी रहेको उक्त बैठकमा कानुनी संरचना अपुग भएको भन्दै संक्रामक रोग २०२० पर्याप्त नभएको निष्कर्ष निकालेको हो ।

बैठकले कानुन मन्त्रालय तथा सम्वद्ध निकायलाई थप आवश्यक तयारी गर्न समेत आग्रह गरेको छ । बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारी नियन्त्रणका लागि तीन क्षेत्रमा समस्या भएको बताएका छन् । ‘अहिलेको हाम्रो व्यवस्थामा स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पतालहरु छन् । विभिन्न प्रतिष्ठानहरु छन्, जसले झण्डैझण्डै स्वयत्त ढंगले काम गर्छन् । प्रादेशिक अस्पतालहरु छन् र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालहरु छन् । ती सबैलाई युनिफाइड ढंगले सञ्चालन गर्न हामीलाई केही कानून प्रबन्ध चाहिएको छ ’ज्ञवालीले भने ।

खोप खरिद प्रक्रियामा समेत समस्याको भएको भन्दै ज्ञवालीले भने, ‘हाम्रो सार्वजनिक खरिद ऐनले एड्भान्स पेमेन्टको परिकल्पना गर्दैन ।’ कोरोना महामारीको यो संकटमा थप कानुनी प्रबन्ध गर्नुपर्ने बहसुुस भएको बताएका ज्ञवालीले यस बारेमा छलफल भइरहेको बताएका छन् । ‘अहिले संक्रामक रोग ऐनले गर्न नसकेको केके काम चाहिँ स्वास्थ्य संकटकाल लगायो भने सहज हुन्छ भनेर तुलनात्मक अध्ययन गरिरहेका छौं ।’ उनले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर