काठमाडौं- तुइनको डोरी काटिएको घटनाबारेमा अनुसन्धान गर्न सरकारले समिती गठन गरेको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएका थिए ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेका छन् ।