बुटवल १५ साउन । जनता समाजवादी पार्टी जसपाका तीन जना लुम्बिनी प्रदेशसभा सांसद पदमुक्त भएका छन् ।
आज शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एक सुचना मार्फत जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी गराएका हुन् ।
पार्टीको निर्देशन विपरित प्रदेश सरकारलाई समर्थन गरेको भन्दै जसपाले मन्त्री समेत रहेका तिनै जना सांसदहरुलाई पदमुक्त गरेको हो । यस्तो छ सुचना,