शिल्पालाई अर्काे नमज्जाको झट्का, पुलिसलाई उल्लेख गरेको रिर्पाेटले कसरी मानहानी भयो भन्दै अदालतले उल्टै प्रश्न तेर्साएपछि........... — OSNepal

शिल्पालाई अर्काे नमज्जाको झट्का, पुलिसलाई उल्लेख गरेको रिर्पाेटले कसरी मानहानी भयो भन्दै अदालतले उल्टै प्रश्न तेर्साएपछि………..

LC (KTM) July 30, 2021 0

बलिउड अभिनेत्री शिलपा शेट्टीले कैयौ मिडिया हाउसका बिरुद्ध मानहानिको दाबी गरेकी छिन् । यसलाई लिएर उनले मानहानिको मुद्धा समेत दायर गरेकी थिईन् । यस मामलामा मुम्बइ हाइकोर्टको सुनुवाई भएको छ ।

उल्टै मुम्बइ हाईकोर्टले सुनवाईको दौरानमा सोधेको छ कि स्रोतलाई उधृत गर्दे मिडिया समाचार प्रशारण गर्छ भने यो कसरी गलत हुन सक्छ ? हाइकोर्टले वकील संग यो पनि भनेको छ कि – तपाईको क्लाइन्टको पतिका बिरुद्ध एक मामला छ तथा यसमा यो अदालत कुनै पनि प्रकारको हस्तक्षेप गर्दैन ।

तपाईको क्लाइन्ट जो पनि हुन सक्छ तर मानहानिको लागि एक कानुन छ । शिल्पाको वकीलले कोर्टमा भनेका थिए मिडिया जुन रिर्पाेट छाप्छ त्यसले बच्चालाई प्रभावित गरिरहेको छ । अदालतले अब यसका लागि अदालत बसेर जाँच गर्नुपर्ने कि हरेक एक कहानीका लागि मिडिया हाउस कुन स्रोतको उल्लेख गर्छ भनेर भन्दै प्रश्न गरेको छ । कोर्टले धेरै जसो रिर्पाेट पुलिसलाई उल्लेख गरेर प्रशारण गरेकोले मानहानिकारक नरहेको दाबी गरेको छ ।

यसरी लगाएकी थिईन् २९ मिडियामाथी आरोप

पोर्नाेग्राफी केसमा पति राज कुन्द्राको गिरफ्तारी तथा मुम्बई क्राइम ब्रान्चको सोधपुछको सामना गरीसके पछि बलिउड अभिनेत्री शिल्पा शेट्टीले सम्पुर्ण रिस मीडियामाथी पोखेकी छिन् । शिल्पा शेट्टीले मीडियामाथी आफ्नो छबिको बदनाम गराएको आरोप लगाएकी छिन् ।

उनले २९ मीडियाकर्मी तथा मीडिया हाउस बिरुद्ध मुम्बई हाईकोर्टमा मानहानीको मुद्धा दर्ता गरेकी छिन् । राज कुन्द्राका पोर्नाेग्राफी केसमा शिल्पा शेट्टीले गलत रिर्पोटिङ तथा छबि खराब गरेको आरोप लगाएकी छिन् । यस मुद्धामाथी कोर्टमा आज सुनवाई भएको छ ।

यसभन्दा अघि मुम्बईको एक अदालतले पोर्नाेग्राफीक फिल्म बनाउने तथा यसलाई केही एप्सको माध्यमबाट प्रशारण गर्ने सम्बन्धि एक मामला कारोबारी राज कुन्द्राको जमानत याचिका बुधबार खारेज गरिदिएको छ । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा ब्यवसायी राज कुन्द्रालाई मुम्बइ पुलिसको अपराध शाखाले १९ जुलाईमा गिरफ्तार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर