पारस भट्ट "प्यासी"को कविता - 'बलात्कारको दाग' — OSNepal

पारस भट्ट “प्यासी”को कविता – ‘बलात्कारको दाग’

LC (KTM) April 30, 2024 0

आखाँले पनि तिरमिर
तिरमिर झिल्का
देख्न थालेको बर्षौ भयो
मन आत्तिरहन्छ
स्थित छैन”
बेलाबेला झसङ्ग झसङ्ग
झस्किरहन्छु!

मेरो गल्ती थियो या उस्को ?
आफैले आफैंलाइ प्रश् न गरिरहन्छु”
उत्तर कै आसमा छट्पटीदा
छट्पटिदै दिन बित्छ, रात बित्छ
आफ्नै प्रश्न को आफैले
उत्तर दिन सकेको छैन”
म गलत थिए या उ गलत थियो
केही ठम्याउन सकेको छैन्!

आँतभेउ पाउन सकस छु
अतिशय , मनमा दाग बसेको छ
निलकण्ठमा उस्को ओठका डाम ,
पुरै शरीरलाई स्पर्श गर्दै
छाती सुमसुम्याएको
सम्झिदा अझैपनी शरीर काम्न थाल्छ,
भक्कानो छोडेर रुनमन लाग्छ !

हे भगवान मलाइ कति
बिवश बनाइदिएको थियौ
उस्को प्रस्ताव सुइकार गर्न “
मेरो मनले किन मानेको थियो होला ?
जबकि एक अभिबाहित छोरी थिए म”
किन सम्झिन गाउँ समाज
इस्ट्मित्र ,आफन्तजनले
केही चाल पाए के होला भनेर?!

जागीर को लोभ ,पैसाको लोभ ले
किन घर , बा, आमा छोडे हुँला?
मलाइ भबिस्य बनाइ दिनेछु
भनेर लगेको मान्छेले
योन सम्पर्कको प्रस्ताव राख्दा
मैले किन सोचेन होला?
मेरो भबिस्य अन्धकार पनि हुन सक्छ भनेर!

म कस्ती अभागी छोरी रहेछु
आफ्ना मान्छेबाटै पटक पटक
बलात्कार भयो ,
कस्लाइ सुनाउने पीडा ?
कसलाई भन्ने मनका ब्यथा?
चुप लाग्न बाहेक केही बिकल्प नरहेपछी
आफैले आफैँलाइ
छोरी तिमी किन जन्मियौ भनेर
जिउन थाले सिरानी भिजाउँदै
आँसुका ढिक्काहरुले “!

साबुन पानीले लुगाको
मैलो पखाले झैं,
कालोपाटिमा सेतो चकले
लेखेका अक्षरहरुलाइ
डस्टरले सजिलै मेटाए झैं
मेटेर मेटिने , धोएर धोइने रहेन छ !
” बलात्कारको दाग” !!!

:- पारस भट्ट “प्यासी “
सुदुरपश्चिम बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर