काठमाडौँ १५ साउन । सर्वोच्च अदालतले आज जनता समाजवादी पार्टी ९जसपा०का दुवै पक्षलाई बोलाएको छ । पार्टीको आधिकारिकता विवादमा आज हुने सुनुवाईको लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको हो ।
निवार्चन आयोगले कार्याकारिणी समितिका सदस्यहरुको सनाखतबाट गरेको आधिकारिकता मान्य नहुने भन्दै महन्थ ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।
ठाकुरको रिटलाई लिएर आज न्यायाधीश कुमार रेग्मीको इजलासले दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न लागेको हो ।
आयोगले कार्यकारिणी सदस्यको बहुमतको आधारमा पार्टीको आधिकारिकत उपेन्द्र यादव पक्षलाई दिएको भएपनि ठाकुर पक्षले भने यो कानुन सम्मत नभएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।