सिरहा, २ जेठ-गोलवजार नगरपालिका-५ थारु टोल वस्ने २७ वर्षीया निरु देवी साहको मोटरसाइकल दुर्घटनामा परी शनिबार बिहान मृ त्यु भएको छ । उनका श्रीमान राजेश्वार साहले चलाएको स.१० प ४५२२ नम्बरको मोटरसाइकल औरही गाउँपालिका-१ हर्कट्टी चोकमा पुग्दा चेनमा सल बेरिएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृ त्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर डोटीमा -वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ । अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।
जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा नेपालगञ्जबाट जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा साना पाँच गरी कूल २२ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ । जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिक निकै खुशी हुनाका साथै कोरोना सङ्क्रमितलाई उपचार गर्नमा निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो ।
यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच अक्सिजन कन्सेन्टे«चर मेशिन पठाउने जानकारी दिनुभएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिनुभयो ।