एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाइने छ : उपाध्यक्ष पौडेल — OSNepal

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाइने छ : उपाध्यक्ष पौडेल

LC (KTM) April 10, 2024 0

पर्वत : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकसित गरिने बताउनुभएको छ ।एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताउनुभयो । उहाँले एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले एमालेको विचारबाट मात्र मुलुकको विकास सम्भव भन्नुभयो । “अन्य दलहरु मुलुक निर्माणका लागि असफल भइसकेका छन्”, उहाँले भन्नुभयो । विसं २०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । एमालेले बहुमत ल्याए पनि सहयात्री वामपन्थी दललाई समेत समटेर सरकार बनाइने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, सङ्गठन विभाग प्रमुख खगराज अधिकारी, केन्द्रीय सदस्य कल्पना चापागाईलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर