चुरेका गाउँको विकास गर्न मदन भण्डारी राजमार्गको अवधारणा ल्याइएको होः पूर्वप्रधानमन्त्री खनाल — OSNepal

चुरेका गाउँको विकास गर्न मदन भण्डारी राजमार्गको अवधारणा ल्याइएको होः पूर्वप्रधानमन्त्री खनाल

LC (KTM) April 06, 2024 0

काठमाडौँ, २४ चैत: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी राजमार्ग चुरे क्षेत्रको पिछडिएको गाउँवस्तीका विकास तथा स्थानीय जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महत्त्वपूर्ण योजना भएको बताउनुभएको छ ।

सो राजमार्गको स्थलगत भ्रमणका क्रममा उहाँले राष्ट्रिय महत्वका योजनामा राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सडक निर्माणको क्षेत्रभित्र रेखाङ्कन गरिएका रुख हटाउन, तिरिङ र मेचीखोलामा पुल निर्माण अगाडि बढाउ र पाटापुरलाई आधुनिक सुविधा सम्पन्न सहरमा रुपान्तरण गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक तथा सामाजिक कार्यक्रमको सिलसिलामा झापा–इलाम पुग्नुभएका खनालले निर्माणाधीन मदन भण्डारी राजमार्गको अर्जुनधाराबाट पाटापुर क्षेत्रको अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । अनुगमनका क्रममा विभिन्न ठाउँमा सरोकारवाला तथा स्थानीयसँग राजनीतिक तथा क्षेत्रीय विकासबारे नेता खनालले छलफल गर्नुभएको थियो ।सोही क्रमामा उहाँले साँघुटार शान्तिपुर तिलहरे सडक, हाँसपोखरी, सारुपाखा बहुवन सडक र मेची करिडोर (सिमा सडक)को समेत जानकारी लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर