कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजबाट काठमाडौं यी स्थानमा लगाइँदै (सुचीसहित) — OSNepal

कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजबाट काठमाडौं यी स्थानमा लगाइँदै (सुचीसहित)

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आज आइतबारबाट लगाउन सुरु भएको छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सुचना मार्फत काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइने जनाकारी दिएको हो ।

पहिलो पटक लगाएको खोपको कार्ड देखाएर आफ्नो नगरपालीकामा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । आजबाट सुरु भएको दोस्रो डोजको खोप जेठ ११ गते सम्म सञ्चालन हुने पनि जारी सुचनामा भनिएको छ ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिकाको २ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको २ ठाउँ, टोखामा २ ठाउँ र नागार्जुन नगरपालिकाको २ ठाउँमा साथै कागेश्वरी मनहरा, दक्षिणकाली, तारकेश्वर र शंकरापुर नगरपालिकाको एकएक ठाउँमा कोरोना खोप केन्द्र तोकिएको छ ।

जनस्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी १८–५९ वर्ष उमेरका व्यक्तिलाई बिहान १०–दिउँसो ४ बजेसम्म नजिकको खोप केन्द्रमा आउन अनुरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर