काठमाडौँ १४ साउन । ऊर्जा ,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक करोड बढी जनता लाभान्वित हुने गरि २० युनिटसम्म निःशुल्क बिजुली दिने पक्षमा आफु रहेको बताएकी छन् ।
आज बिहिबार धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् । कार्यक्रममा भुसालले गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउनुपर्ने भन्दै निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी बिजुली उपभोग पाउने वातावरण निमर्ण गरिने बताएकी छन् ।
नेकपा माओवादीबाट गठवन्धनको सरकारको नेतृत्व मन्त्री बनेकी भुसालले जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यक रहेको बताएकी छन् ।