आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भाबना — OSNepal

आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भाबना

LC (KTM) July 29, 2021 0

काठमाडौँ- आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा वर्षा भएको हो । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाले आग्रह गरेको छ ।

प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।त्यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर