तत्काली प्रधानमन्त्री ओली हुँदा छिटो एमसीसी ल्याऊ भनेर बेल घेर्न लगाउने देउवा भएको बाँस्कोटाको आरोप — OSNepal

तत्काली प्रधानमन्त्री ओली हुँदा छिटो एमसीसी ल्याऊ भनेर बेल घेर्न लगाउने देउवा भएको बाँस्कोटाको आरोप

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ‘एमसीसी परियोजनाका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा संसद्मा प्रस्ताव पेश गर्नुपर्ने बताएका छन् ।

आज बालुवाटारमा भएको गठवन्धनको बैठकमा एमसीसीको विषय उठेपछि नेता बास्ँकोटाले भनेका छन् , तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा एमसीसी छिटो ल्याऊ भनेर बेल घेर्न लगाउने अहिलेका प्रधानमन्त्री शेरबहादर देउवा नै भएको आरोप लगाउँदै किन राजनीतिक दाउपेच गरिरहनु झण्डै दुई तिहाइको परमादेश देउवा सरकारले संसदमा पेश गरे हुन्छ नि भन्दै देउवा सरकारको टिप्पणी गरेका छन् ।

उनले अघि भनेका छन्, ‘ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन राजमो पनि ? ओली हुँदा त छिटो ल्याऊ भनेर बेल घेर्न लगाउने उनै देउवा हुन् । ‘एमसीसी परियोजनाका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसद्मा प्रस्ताव पेश गरे हुन्छ नि झण्डै दुई तिहाइको परमादेश देउवा सरकारले ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर