संक्रमणसँगै मृतकको संख्या पनि बढ्दै, पछिल्लो २४ घण्टामा ह्वात्तै बढे संक्रमित — OSNepal

संक्रमणसँगै मृतकको संख्या पनि बढ्दै, पछिल्लो २४ घण्टामा ह्वात्तै बढे संक्रमित

LC (KTM) July 28, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् ।

बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर