माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग — OSNepal

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरको दुरुपयोग भएको छ । पार्टीको लेडर प्याडमा अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर गरी मन्त्रिपरिषद् विस्तार सम्बन्धमा गलत सूचना प्रभाह गरिएको प्रति पार्टीले आपत्ती जनाएको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आज एक विज्ञप्ती नै जारी यसप्रति आपत्ती जनाएका हुन् । जारी गरिएको विज्ञप्तीमा भनिएको छ , ‘ केही अपराधिक, अराजक एवमं प्रतिगामी तत्वहरुले हाम्रो पार्टीको लेडर प्याड, पार्टीको छाप र अध्यक्ष प्रचण्डको नककली हस्ताक्षर गरी पार्टी, ५ दलीय गठबन्धन र आम जनसमुदायमा भ्रम सिर्जना गर्ने उद्देश्यले सामाजिक सञ्जालमा गलत सूचना प्रभाव गरेको सुचनामा’ पार्टीको ध्यानाकषर्ण भएको छ ।

केही समय यता प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अतालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्ने कुत्सिल मनसायले यस्ता हर्कतहरु गर्दै आएकाले यस्ता झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंत्ति, लोकतान्त्रिक शक्ति र जनसमुदायलाई माओवादी पाटीले विज्ञप्ती मार्फत अनुरोध समेत गरेको छ ।

यस किसिमको प्रविधिको प्रयोग गरी समाजमा भ्रम फैलाउने तत्वमाथि अनुसनधान गरी कारबाही गर्न माओवादीले माग विज्ञप्ती मार्फत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर