काठमाडौं । थाइल्याण्डमा दुई गुटका बाँदरबीच लडाई चलेको छ । लोपबुरीको फ्रा कान मन्दिरको छेउछाउमा दुई तीरका बाँदरबीच लडाई चलेको हो ।
सडकमा दुई गुटका बाँदरबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए । दुई गुटका बाँदरबीच लडाई चलेपछि सडकमा गाढडीको जाम भएको थियो । घण्टौँको त्यो लडाईमा १ सय भन्दा बढी बाँदरहरू थिए ।
थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीमा झण्डै १ घण्टासम्म बाँदरहरूबीच लडाँई चलेको थियो । यस्तो घटना निकै कम देख्न पाइन्छ ।