जापानमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते — OSNepal

जापानमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते

LC (KTM) January 26, 2024 0

टोकियो, १२ माघ । बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भू–क्षय रोक्न बनाइएको वालमा ठोक्किँदा दश जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ ।

योकोहामा शहर अग्नि नियन्त्रण विभागका अनुसार डुङ्गा दुर्घटनामा घाइते १० जनालाई नै तत्काल अस्पताल लगिएको छ । उनीहरूमध्ये दुई जना गम्भीर घाइते भएका र अन्य आठ जना सामान्य घाइते भएका बताइएको छ ।

कार्यालयका अनुसार जहाजमा १३ जना यात्रु र चालक दलका सदस्यहरू थिए ।

जहाज त्यो साँझ योकोहामा बन्दरगाहबाट कावासाकी सहरका लागि निस्किएको र योकोहामा फर्कँदै गर्दा सामुद्रिक किनारामा ठोक्किएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर