प्रेस लेखिएको ज्याकेट लगाएका व्यक्तिलाई शङ्का लागेर प्रहरीले चेक जाच गर्दा — OSNepal

प्रेस लेखिएको ज्याकेट लगाएका व्यक्तिलाई शङ्का लागेर प्रहरीले चेक जाच गर्दा

LC (KTM) May 16, 2021 0

कञ्चनपुर, २ जेठ – बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकामा गस्तीका क्रममा सशस्त्र प्रहरीले २५ वर्षीय नरेश जोशीलाई हिजो साँझ सात ग्राम प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ ।सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका व्यक्तिले भारतीय नागरिकबाट केही सामान लिएको शङ्का लागि जाँच गर्दा खैरो हिरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । पक्राउ परेका जोशी शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ ।

जोशीलाई मोबाइल दुई थान, क्यामेरा एक थान, बैंकको चेक पाँच थान, एटिम एक थान, सुदूरखबरको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन टे«ड कन्सर्नको नाममा रहेको मोटरसाइकलको ब्लुबुकसहित बरामद गरिएको छ । बरामद लागुऔषध र अन्य सामानसहित जोशीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर