जसपाको आजको बैठकमा नेता महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी सदस्य समितिबाट हटाइने — OSNepal

जसपाको आजको बैठकमा नेता महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी सदस्य समितिबाट हटाइने

LC (KTM) July 28, 2021 0

काठमाडौं १३ साउन । आज बस्ने जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा नेता महन्थ ठाकुरहित १६ जनालाई कार्यकारिणी सदस्य समितिबाट हटाइने भएको छ ।

केपी ओलीको सरकार रहँदा सरकारमा जाने विषयमा विवाद भएपछि विभाजन भएको जसपाका दुई अध्यक्ष अन्नत फुटेका छन् । निर्वाचन आयोगले पार्टीको विवाद समाधान गर्न ५१ कार्यकारिणी समिति सदस्यलाई सनाखत गर्न आयोग बोलाएको थियो ।

जसमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाको सनाखत रहेको थियो । आयोगले बहुमतको कदर गर्दै अध्यक्ष यादवपक्षलाई पार्टीको आधिकारिकता दिएको हो ।

तर, पनि यादवले आफ्नो गल्ती स्विकार गरे पार्टीका स्वागत गरिने बताएका थिए । तर ठाकुर पक्षले पार्टीका आउने कुनै संकेत देखाएको छैन । नेता मोहम्मद इस्तियाक राईले दिएको जानकारी अनुसार आजको बैठकमा गठवन्धनको सरकारमा सहभागी हुन मन्त्रीको टुंगो लगाइने तथा ठाकुर सपहत २६ जनालाई कार्यकारिणी सदस्यलाई समितिबाट हटाइने भएको छ ।

त्यस्तै, सांसद पदमा रहेकाहरुलाई भने पार्टीमा रहनेरनरहने टुंगो लगाउनको लागि कहि समय दिइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर