कांग्रेस नेतृत्व गठवन्धनको सरकारमा सहभागी हुन जसपाले आज मन्त्रीको टुंगो लगाउँदै — OSNepal

कांग्रेस नेतृत्व गठवन्धनको सरकारमा सहभागी हुन जसपाले आज मन्त्रीको टुंगो लगाउँदै

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । जनता समाजवादी पार्टी जसपाको आज पनि कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । सरकारमा सहभागी जनाउने विषयमा मन्त्री टुंगो लगाउन आज पनि पार्टी कार्यलय बालकुमारीमा दिउँसो १ बजै बैठक बस्ने भएको हो ।

हिजोको बैठकलाई नै आज निरन्तरता दिएको हो । हिजोको बैठकले संसदीय दलको विधान पारित गरेको थियो । ३४ जना कार्यकारिणी सदस्य रहेको अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बस्ने बैठकमा आज गठवन्धनको सरकारमा सहभागीता जनाउन मन्त्रीको टुंगो लगाइने भएको छ ।

त्यसैगरी, हिजो बसेको बैठकले लुम्बिनी प्रदेशका जसपाका तनि सांसदलाई कारबाही गरेको छ ।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पनि मन्त्री पदको सपथ लिने प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर