अब कर्मचारीले १० दिने भ्रमण बिदा पाउने तर ससुराली, माइती नजिक भ्रमण भने जान नपाइने — OSNepal

अब कर्मचारीले १० दिने भ्रमण बिदा पाउने तर ससुराली, माइती नजिक भ्रमण भने जान नपाइने

LC (KTM) July 28, 2021 0

काठमाडौं । सरकारी कर्मचारीले पाउने भनिएको १० दिने छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ ।भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरिरहेको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८र७९ को बजेट प्रस्तुत गर्दा १० दिने कर्मचारी भ्रमण छुट्टी घोषणा गरेको थियो । भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण गर्न पाउने छैनन् ।

जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।अहिले देशभर जम्मा झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर