सलमान खान संग जहिल्यै पनि सोधीने प्रश्न एउटै हुन्छ , बिबाह कहिले गर्ने ? उनलाई हरेक संचारमाध्यमले यहि प्रश्न गर्छन् तर उनको उत्तर कहिले आउँदैन आखिरमा टारेरै छोडिदिन्छन् । ५५ बर्षको भईसके सलमान खान तर पनि अझै अबिबाहित नै छन् ।
उनको यो उमेर सम्म २ दर्जन भन्दा बढी नायिकाहरु संग नाम जोडिसकेको छ तर पनि उनी एउटा गतिलो प्रेममा परेर बिबाहित हुन भने सकेका छैनन् । बलिउडमा चर्चित नायिका देखी रसियन सुरा सुन्दरी सम्म उनको जिनवमा आए तर बाँधिन सकेनन् ।
सलमान खान संग बलिउडकै ऐश्वर्या राय, संगीता बिजलानी, कैट्रीना कैफ, ज्याक्विलीना जस्ता थुप्रै नायिकाको नाम जोडियो त्यस मध्ये पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली पनि एक हुन् । उनको सलमान खान संग ८ बर्ष सम्म अफेयर चलेको थियो ।
१६ बर्षको कलकलाउँदो उमेरमा बलिउड छिरेकी सोमीको यौवनको फाईदा सलमानले भरपुर उठाए तर बिबाह भने गरेनन् । पाकिस्तानी अभिनेत्री सोमीले सलमान संगको सम्बन्धको बारेमा पटक पटक संचारमाध्यममा भन्दै आईरहेकी छिन् । यसपटक भने उनले सलमानको बिषयमा रहस्य खोल्दिएकी छिन् ।
उनी प्रेम गर्नमा मात्र माहिर रहेको तर बिबाह गर्न असफल मान्छे भएको दाबी गरेकी छिन् । उनको हर्कतकै कारण कहिल्यै घरबार हुन नसक्ने उनको दाबी छ । उनका अनुसार पछिल्लो पाँच वर्षदेखि सलमानको सम्पर्कमा उनी छैनन् । सलमानलाई बिर्सेर आफु अघि बढिसकेको र सलमान पनि त्यहि बाटोमा अघि बढिसकेको उनले बताएकी छिन् ।
सलमानले आफु संगको सम्बन्ध तोडेपछि पनि दर्जनौ प्रेमिका बनाएको भन्दै उनले सलमानलाई आफुले हरेक चोटी शुभकामना दिएको समेत खुलासा गरिन् । उनको एनजीओ बीइङ ह्यूम्यानले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेकी उनले सलमान संग भने मानसिक रुपमा पनि सम्बन्ध राख्नु उचित नहुने बताईन् । आफुहरु अलग भएको २० वर्ष भइसकेको भन्दै सोमीले सलमानले आफुलाई ठुलो धोका दिएको बताईन् ।