सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर आज एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४।४ प्रतिशत रहेको छ ।
यसैगरी सङ्क्रमणबाट आज २२ जनाको निधन भएको छ । योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी ९पूर्व०, कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।
यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष ९आइसियु० र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८९८ जना छन् ।