पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या चार हजार नजिक पुग्दा, निको हुने मात्र १ हजार ७७८ जना — OSNepal

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या चार हजार नजिक पुग्दा, निको हुने मात्र १ हजार ७७८ जना

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ जना पुगेको छ ।

त्यस्तै , पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना संक्रमित मात्र संक्रमण मुक्त भई घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर