पोर्नाेग्राफी र्याकेट केसको भण्डाफोर मुम्बइ क्राइम ब्रान्चको अगाडि यसै बर्षको फेब्रअरीमा भएको थियो । यस केस महशुर बिजनेसम्यान तथा शिल्पा शेट्टीका पति राज कुन्द्रा संग जोडिएको छ ।
राज कुन्द्राका बिषयमा हरेक दिन एउटा न एउटा नयाँ कुराहरु बाहिर आइरहेको छ । नयाँ जानकारी अनुसार जब फेब्रअरीमा पुलिसले यस र्याकेटको पर्दाफास गरेको थियो त्यतिबेलै राज कुन्द्रा संग आफ्नो प्लान बि तयारी अवस्थामा रहेको थियो । मुम्बई क्राइम ब्रान्चले राज कुन्द्राको अंधेरी स्थित अफिस बाट हटसटका लागि तयार १२० एडल्ट मुभी रिकभर गरेको थियो ।
पोर्नाेग्राफी र्याकेटको जाँच गरिरहेको मुम्बइ क्राइम ब्रान्चको बिशेष सुत्र अनुसार राज कुन्द्रा आफ्नो दोस्रो प्लानका साथ तयार रहेका थिए । प्लान बी को लागि कन्टेन्ट तयार गर्न शुरु गरिसकेका थिए राजले । राज कुन्द्राले एपको नाम समेत तयार पारिसकेका थिए जसमा काम शुरु पनि भइसकेको थियो ।
यसबीचमा पुरानो डाटा डिलीट समेत गरिएको थियो । यसले राज कुन्द्रालाई एकदमै फाईदा दिई रहेको थियो । यसैकारण पनि उनको समुह यो कामलाई जारी राख्ने योजनामा थियो । डिलीट गरीएको डाटा रिकभर गरेर १२० एडल्ट मुभी रिकभर गरिएको थियो ।