आसेपासे पोस्ने, बाहिर सिंहजस्तै गर्जने र भित्र लम्पसार पर्ने, यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको जस्तो सरकार अब हुँदैन — OSNepal

आसेपासे पोस्ने, बाहिर सिंहजस्तै गर्जने र भित्र लम्पसार पर्ने, यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको जस्तो सरकार अब हुँदैन

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले सभामुख र आफहरुको कर्मले संसद र संविधानाप्रति गुमेको जनविश्वासलाई पूनःस्थापित गनुृप्र्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै संसद्लाई हेप्ने र अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाई दिने, तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तै गर्जने र भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ सरकार, जस्तो आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले यस्तो कुनै अपराध गर्ने छुट नभएको बताएका छन् ।

उनले बैठकमा भनेका छन् , ‘यस्तो हुन नदिनको लागि संसद्ले पनि संकल्प गर्नुपर्छ । न त यो संसदलाई बेवास्ता गर्न दिईने, न त कामविहीन बनाउन । न त मनोमानी ढंगले स्थगित् गर्न दिईनेछ, न त छल्न । यो संसद सरकारसँग डराउने होईन । सरकार यो संसद्सँग डराउनुपर्नेछ । परीक्षा प्रधानमन्त्रीको मात्रै होईन, सभामुख महोदय, सभामुखको पनि छ । संविधानको धाराले प्रतिनिधिसभा पूनःस्थापित भयो, अनि सांसदहरुको अधिकारले सरकार’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर