नेपाल र भारतका अधिकारीबीच ऊर्जा क्षेत्र सहकार्यको समीक्षा — OSNepal

नेपाल र भारतका अधिकारीबीच ऊर्जा क्षेत्र सहकार्यको समीक्षा

LC (KTM) January 07, 2024 0

काठमाडौँ, २२ पुसस् ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त सञ्चालक समितिको ११ औँ बैठकमा ऊर्जा व्यापार, जलविद्युत् परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यलगायत विषयमा समीक्षा भएको छ ।

भारतको ऊर्जा मन्त्रालयका सचिव पङ्कज अग्रवाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव ९ऊर्जा० गोपालप्रसाद सिग्देलको सहअध्यक्षतामा गत शनिबार चितवनमा सम्पन्न बैठकमासंयुक्त प्राविधिक टोली ९जेटिटी० लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले आज जनाएको छ ।

बैठक भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि भएको हो । त्यसअघि भारतको ऊर्जा मन्त्रालयका सहसचिव डी साई बाबा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औँ संयुक्त कार्यदलको बैठक काठमाडौँमा भएको थियो ।

दुवै बैठकले १३२ केलोभोल्ट र त्यसभन्दा कम प्रसारण लाइनबाट हुने अन्तरदेशीय ऊर्जा व्यापारका प्रारुप स्वीकृत गरेका थिए भने भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले पुस १९ गते विशेष महत्वका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गर्नुभएको थियो । विदेशमन्त्रीद्वयले रक्सोल ९विहार, भारत०–परवानीपुर ९नेपाल० को दोस्रो सर्किट, कटैया ९विहार, भारत०–कुशाहा ९नेपाल० को दोस्रो सर्किट र नयाँ नौतनवा ९उत्तरप्रदेश, भारत० –मैनहिया ९नेपाल० को उद्घाटन गर्नुभएको हो। करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता एक हजार चार सय मेगावाट पुर्‍याउनेछ । नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तरप्रदेशबीचको पहिलो प्रसारण लाइन हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणका क्रममा जारी भएको भारत–नेपाल संयुक्त दृष्टिकोणपत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक यथाशीघ्र बोलाउन सहमत भएका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर