पोर्नाेग्राफी मामलामा अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रालाई १४ दिन जेल कस्टडीमा पठाइएको छ । मुम्बई पुलिस क्राइम ब्रान्चले राज कुन्द्रालाई १९ जुलाईको रातमा गिरफ्तार गरेको थियो । राज कुन्द्रा माथी पोर्नाेग्राफिक फिल्म बनाएको आरोप रहेको छ ।
यसअघि कोर्टले पहिला राज कुन्द्रा लाई २३ जुलाइ सम्म पुलिस हिरासतमा राख्न आदेश दिएको थियो । त्यसपछि फेरी उनको हिरासत बढाएर २७ जुलाई अर्थात आज सम्मका लागि तोकिएको थियो । आज फेरी अदालतले उनलाई जेल कस्टडीमा पठाई दिएको छ ।
आज अदालतमा पुलिसले यस्तो भन्यो
पुलिसले कोर्टमा राज कुन्द्राको सिटी बैंक तथा कोटम महिन्द्रा बैंकको डेबिट एकाउण्ट फ्रीज गरिदिएको छ । कोटक महिन्द्रा बैंकमा १ करोड १३ लाख रुपैया जम्मा रहेको छ । क्राइम ब्रान्चले यस केसमा जोडिएका तमाम भिक्टिम्स संग अपील गरे पनि अहिले सम्म सम्पर्कमा आएका छैनन् ।
एक भिक्टिम २६ जुलाईमा क्राइम ब्रान्चमा आएर आफ्नो स्टेटमेण्ट दिएर गएका थिए । पुलिसले एप्पल स्टोरबाट हट्शटको जानकारी मागेको छ । यसबाट १ करोड ६४ लाख रुपैया निकालिएको देखिएको छ ।