धर्म ,सस्कृति र राज्यवारे छुट्टै वहस गर्नुपर्छ : बाँस्कोटा — OSNepal

धर्म ,सस्कृति र राज्यवारे छुट्टै वहस गर्नुपर्छ : बाँस्कोटा

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धर्म ,सस्कृति र राज्यवारे छुट्टै वहस गर्नुपर्ने बताएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेजी गरी धर्मनिरपेक्षतामा जनमत संग्रह गरौँ भनेपछि चर्चाको विषय बनेको यसको चौतर्फी तर्क वितर्क भइरहेको छ । नेता बाँस्कोटाले पनि अध्यक्ष मिश्रको भनाईलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

हामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी नहेरी जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो नेता बाँस्कोटाको तर्क रहेको छ । यस विषयमा नेपाल भन्दा पनि विदेशमा बढी बहस हुने गरेको उनले बताएका छन् ।

‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी हेरेनौ, उनले भनेका छन्, जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नु पर्छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर