जसपाको विवाद टुंगिएसँगै प्रधामन्त्री देउवा र प्रचण्डबिच मन्त्रीमण्डल विस्तारको विषयलाई लिएर छलफल — OSNepal

जसपाको विवाद टुंगिएसँगै प्रधामन्त्री देउवा र प्रचण्डबिच मन्त्रीमण्डल विस्तारको विषयलाई लिएर छलफल

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । मन्त्रीमण्डल विस्तारको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ । हिजोे सोमबार मात्रै निवार्चन आयोगले जनता समाजवादी पार्टीको विवाद टुंगाइदिएपछि अब अध्यक्ष उपेन्द्र यादव पनि केहि दिनमा आफु सरकारमा आउने बताइसकेका छन् ।

यता, माओवादी केन्द्रमा सबैलाई मन्त्री चाहिएको भन्दै प्रचण्ड आफु तनावमा रहेको बताउँदै आएका छन् । गठवन्धनको सरकार चलाउन लागि परेका देउवाले आफ्नो सरकार भएको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डलाई विस्तार गर्न सकेका छैनन् ।

अहिलेको मन्त्रिमण्डलमा माओवादीका २ र कांग्रेसका तिन जनाको सहभागी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर