नेता मिश्रलाई लक्षित गर्दै भट्टराईले भने, संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् — OSNepal

नेता मिश्रलाई लक्षित गर्दै भट्टराईले भने, संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले दिएका े अभिव्यक्ति प्रति कडा टिप्पणी गरेका छन् ।

हिजो एक विज्ञप्ती मार्फत संघीयता खोरज गरी जनमत संग्रहमा गरौँ भनेका थिए । त्यही विषयलाई लिएर नेता भट्टराईले झिंगाको सरापले डिंगा मर्दैन१ कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन भन्दै नेता मिश्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र भएको बताएका छन् ।

भट्टराईले भनेका छन्, झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन१बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर