आयोगले पार्टी फुटाईदिएको जसपा बरिष्ठ नेता राजेन्द्र महतोको आरोप, बैकल्पिक शक्ति बनेर उदाउने दाबी — OSNepal

आयोगले पार्टी फुटाईदिएको जसपा बरिष्ठ नेता राजेन्द्र महतोको आरोप, बैकल्पिक शक्ति बनेर उदाउने दाबी

LC (KTM) July 26, 2021 0

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिए पछि महन्थ ठाकुर पक्षले आयोगको निर्णय प्रति असन्तुष्टि प्रकट गरेको छ ।

आयोगले आफ्नो पार्टी फुटाउने गरी आधकारिकता दिए पनि पार्टी नफुट्ने जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले दाबी गरेका छन् । उनले जनताले बनाएको पार्टी आयोगले कसरी फुटाउन सक्छ भन्दै प्रश्न समेत गरे ।

पार्टीलाई आधिकारिकता पनि जनताले दिएको भन्दै महतोले आफूहरूले माग नगर्दा पनि आयोगले पार्टी फुटाइदिएको आरोप लगाए। आयोगले जनभावना बिपरीत पार्टी फुटाई दिए पनि आफुहरु जनमत लिएर नै बैकल्पिक राजनीतिक शक्ति बनेर उदाउने दाबी गरे ।

आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको आज लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर