रबीन्द्र मिश्रको प्रस्तावले पार्टीमा तहल्का, अर्का संयोजक मिलन पाण्डेले जनाए आपत्ति — OSNepal

रबीन्द्र मिश्रको प्रस्तावले पार्टीमा तहल्का, अर्का संयोजक मिलन पाण्डेले जनाए आपत्ति

LC (KTM) July 26, 2021 0

पार्टी संयोजक रबीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव अघि सारे पछि विवेकशील साझा पार्टीमा खैला बैला मच्चिएको छ । मिश्रले आजै मात्र संघीयता खारेजी, धर्म निरपेक्षताको बिषयमा गंभीर कुरा उठाएका थिए ।

उनले नेपालका आएको गणतन्त्र आयातीत समेत भएको आरोप लगाएका थिए । गणतन्त्र र संघीयताकै जगमा बनेको यस पार्टीकै संयोजकले यस्ता कुरा उठाए पछि यसै पार्टीका अर्का संयोजक मिलन पाण्डेले आपत्ति जनाएका छन् । संयोजक पाण्डेले उनको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै विवेकशील साझा गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको स्पष्ट पारेका छन् ।

‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो’, पाण्डेले ट्वीटरमार्फत भनेका छन्, ‘विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ छ।’

रवीन्द्र मिश्रको संघीयता र गणतन्त्रका बिषयमा आएको बिचार एकदमै व्यक्तिगत भएको पनि उनले प्रष्ट पारेका छन् । पार्टी भित्रको यो बिबादले फेरी पनि पार्टी बिभाजनको शिकार बन्ने त हैन भन्ने आशंका उत्पन्न गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर