अगामी असोज १५ बाट नेपालमा कोरोनाको तेस्रो लहर देखिन सक्ने : स्वास्थ्य मन्त्रालय — OSNepal

अगामी असोज १५ बाट नेपालमा कोरोनाको तेस्रो लहर देखिन सक्ने : स्वास्थ्य मन्त्रालय

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । कोरोना भाइरसको तेस्रो लहर आगामी असोज १५ देखि नेपालमा देखि सक्ने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको छ ।

आज सोमबार बसेको मन्त्रालयको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्रालयकी सहसचिव गंगा लोहनीले यस्तो आंकलन गरेकी हुन् । कोरोनाको संक्रमण न्युन र उच्च हुुनुमा जनस्वास्थ्यका आधारभुत मापदण्डको स्तर , खोपको सहजीकरण तथा सामाजिक गतिविधिले प्रभाव पार्ने उनको तर्क रहेको थियो ।

बैठकमा नेपाल सरकारले कोभिडको लागि गरेको प्रयासहरुको समिक्षा गर्दै आगामी रणनीतिको विषयमा छलफल गर्ने क्रममा अगामी अशोज १५ बाट तेस्रो लहर सुरु हुन सक्ने भनिएको हो । आज मात्रै तिन हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर