संसद बाहिर रहेका वामपन्थी दलको बैठक जारी — OSNepal

संसद बाहिर रहेका वामपन्थी दलको बैठक जारी

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । सरकार बाहिर रहेका वामपन्थी दलहरुको बैठक आज बसिरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको विषयलाई लिएर आज मंगलबार नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लवु’ नेकपाका अध्यक्ष ऋषि कट्टेल, वामपन्थी नेता विश्वभक्त दुवाल ‘आहुती’ लगायत नेताहरुको बैठक बसिरहेको छ ।

नेपाली कांग्रेसको गठवन्धनको सरकार बनेपछि पहिलो पटक बसेको संसद बाहिर रहेका वामपन्थी दलको बैठकमा भावी रणनीति तथा राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने भएको छ । भुमिगत राजनीतिबाट खुल्ला राजनीतिलाई विप्लव आएसँगै संसद बाहिर रहेका दलले वामपन्थी मोर्चा गठन गरेका थिए ।

पछिल्लो समय विप्लवले शिर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएसँगै आज यो बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर