बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले फुटबलर अफ द इयर अवार्ड जिते — OSNepal

बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले फुटबलर अफ द इयर अवार्ड जिते

LC (KTM) July 26, 2021 0

काठमाडौं । बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले फुटबलर अफ द इयर अवार्ड जितेका छन् । बार्यन म्युनिखकबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका लेवान्डोस्कीलाई खेल पत्रकारहरूको भोटका आधारमा फुटबलर अफ द इयर अवार्ड दिइएको हो ।

यसअघि पनि उनले जर्मनीको ‘फुटबलर अफ दी इयर’ जितेका थिए । उनलाई आइतबार फुटबल म्यागजिन किकरले यस बर्षको फुटबलर अफ दि इयर घोषणा गरेको हो ।

उनले तीन सय ५६ भोट पाउँदै सहकर्मी थोमस मुलरलाई पछाडि पारेका छन् । मुलरले ४१ भोट मात्र पाएका छन् । यस सिजनमा लेवान्डोस्कीले बार्यनमा राम्रो प्रदर्शन गरेर सबैको मन जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर