काठमाडौँ-भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।
भारतमा लाख १० हजार ८२२ संक्रमित थपिएसँगै संकमितको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ । त्यस्तै १ करोड ७ लाख ८९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् ।अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख २३ हजार ७०८ रहेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९० संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ लाख ७० हजार ३१९ पुगेको छ ।