उद्योग व्यवसाय र उद्यमशीलतामा दुई दशक भन्दा लामो समय विताइसकेका उद्योगी व्यवसायी सरोज लुर्ईटेल थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३बाट पुरस्कृत भएका छन् । ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा हालै मात्र थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न सो अवार्ड कार्यक्रममा आ आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति, उपलब्धी तथा योगदानको मुल्यांकन गर्दै विश्वका विभिन्न देशका व्यवसायिक व्यक्तिहरुलाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ प्रदान गरिएको छ ।
नेपालका सरोज लुईटेल उक्त अवार्ड कार्यक्रममा “मोस्ट इन्टरप्राइजिङ विजनेश अवार्ड २०२३” बाट पुरस्कृत भएका थिए । उनले कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंकक स्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिधिनिबाट सो अवार्ड प्राप्त गरेका थिए ।
हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ बाट सम्मानीत सरोज लुईंटेल स्वस्तिक टेड लिन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक हुन् । उनी नेपाल स्मल पेन्ट्स म्यानुफ्याक्चरर एण्ड सप्लायर्स एशोसियसनका उपाध्यक्ष समेत रहेका छन् । उनी एभरेष्ट कलर प्रा.लि.का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनले नेपाली बजारका लागि सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रा.लि.को कन्ज्युमर ईलेक्ट्रोनिक बिजनेसको व्यवस्थापक रुपमा पनि अनुभव सँगालेका छन् ।
यसबाहेक उनले जिर्ण अवस्था मा रहेकाे पशुपति पेन्ट्स प्रा.लि.लाई पुनर्जन्म दिंदै नेपालकाे तेस्रो ठुलो पेन्ट्स कम्पनीकाे रुपमा स्थापना गराएका थिए,उनी उक्त कम्पनीमा कन्ट्रि म्यानेजर-सेल्स एन्ड मार्केटिङका रुपमा कार्यारत थिए। उनले शालिमार पेन्ट्स लिमिटेड ईन्डियाका तर्फबाट नेपाल सेल्स हेड, एशियन पेन्टस् प्रा.लि.को नेपालका लागि सिनियर टेरिटोरी सेल्स इन्चार्जका रुपमा पनि अनुभव प्राप्त गरेका छन् ।