निवार्चन आयोगको निणर्य विरुद्ध जसपाका ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश दिन अस्विकार — OSNepal

निवार्चन आयोगको निणर्य विरुद्ध जसपाका ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश दिन अस्विकार

LC (KTM) July 25, 2021 0

काठमाडौँ १० साउन । निवार्चन आयोगको निणर्य विरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आज न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो निणर्य गरेको हो । अदालतले आयोगले गरेको निर्णयको सक्कल प्रति पनि मगाएको छ । साउन १५ गते दुवै पक्षलाई छलफल गर्न समेत सर्वोच्चले बोलाएको छ । आयोगले पार्टीको आधिकारिकता विवाद समाधान गर्नको लागि भोली साउन ११ गते कार्यकारीणी सदस्यलाई सनाखतको लागि आयोग बोलाएको थियो ।

सर्वोच्चले ‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुल्ला इजलासमा बहस पैरवी छलफलसमेत गराई गरेको निर्णयलाई रिट निवेदकको माग बमोजिम तत्काल अन्तरिम आदेशबाट कार्यान्वयन हुन रोक्नका लागि निर्णयकर्ता र विवादको अर्को पक्षसमेतलाई छलफलमा राखी उक्त निर्णयमा बउउबचभलत भचचयच या बिध छ वा छैन रु रिट निवेदकलाई उक्त निणएयले अपुरणीय क्षति पुगेको छ छैन भन्ने सम्बन्धमा निर्णय हुनु संवैधानिक मर्यादा समेतको दृष्टिकोणले उपयुक्त हुने देखिएको’ भन्दै आयोगले दवै पक्षलाई छलफल गर्नको लागि साउन १५ गते बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर