प्रदेश १ मा डढेलो सरी फैलिदै कोरोना संक्रमण, आज एकै दिनमा ९ जनाले ज्यान गुमाए , झापाको बिर्तामोड र दमक खतराको लेभल छेउ — OSNepal

प्रदेश १ मा डढेलो सरी फैलिदै कोरोना संक्रमण, आज एकै दिनमा ९ जनाले ज्यान गुमाए , झापाको बिर्तामोड र दमक खतराको लेभल छेउ

LC (KTM) July 25, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा १४–१४, कनकाईमा १२, बा¥हदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जमा ३–३, भद्रपुर र बुद्धशान्तिमा २–२ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ४७, विराटनगरमा ४५, सुन्दरहरैचा र उर्लाबारीमा १४–१४, केराबारीमा १३, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ५, बुढीगंगामा ४, बेलबारी, कटहरी र सुनबर्षीमा २–२, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथानमा १–१ जनामा देखिएको छ ।

सुनसरीको इटहरीमा ६६, रामधुनीमा ५, धरानमा ४, इनरुवामा ३, बर्जु, दुहवी र बराहक्षेत्रमा २–२ र गढीमा १, इलामको इलाम नगरपालिका, चुलाचुली, माई, सुर्योदय र मांसेबुङमा १–१ जनामा देखिएको छ ।

उदयपुरको त्रियुगामा ३, उदयपुरगढीमा २, बेलकामा १, संखुवासभाको खाँदबारी र धर्मदेवीमा २–२, ते¥हथुमको म्याङलुङमा ४, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मीमा १ जनामा देखिएको छ ।

त्यस्तै खोटाङको बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढी १–१, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथरको हिलिहाङ, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०६ महिला र १४६ पुरुष संक्रमणमुक्त भएका हुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर